पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म भएका विकास निर्माण, सेवा प्रवाह तथा कार्यसम्पादन सम्बन्धी विषयमा जनताको गुनासो, सुझाव र प्रतिक्रिया संकलन गर्न उक्त कार्यक्रम गर्न लागिएको हो । गाउँपालिकाले जनप्रतिनिधि, उपभोक्ता समिति, टोल विकास संस्था, विभिन्न संघ…