धान दिवसको अवसरमा क्लबद्वारा वृक्षारोपण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९ मा अवस्थित एकता समाज युवा क्लबले धान दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा क्लबले वडाभरिका विभिन्न स्थानमा ४ सयभन्दा बढी बिरुवा रोपेपछि वातावरण संरक्षणमा योगदान पुर्‍याएको जनाएको छ। कार्यक्रममा सहभागी स्थानीय १०३ घरधुरीहरूले ‘एक घर दुई बिरुवा’ अभियानअनुसार बिरुवा रोपेका थिए। त्यस्तै, जन शिक्षा आधारभूत विद्यालय…