रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माछमीमा २२औं राष्ट्रिय धान दिवस विविध कार्यक्रमसहित मनाइएको छ। कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा आयोजित कार्यक्रममा धान रोपाइँ, दही–चिउरा भोज, रस्साकस्सी प्रतियोगिता लगायतका गतिविधि सम्पन्न भए।
रस्साकस्सीमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार र किसानबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो। रोपाइँमा सहभागीहरूले हिलोमा रमाउँदै खुसी साटासाट गरेका थिए।
कार्यक्रम कृषि विकास कार्यालयका निमित्त प्रमुख भरतकुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। उपप्रमुख देवबहादुर विक प्रमुख अतिथि थिए। कार्यक्रममा नगर प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रमेश विष्ट, शसस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक, पत्रकार महासंघ अध्यक्ष गोपाल रेग्मी लगायतको उपस्थिति रहेको थियो।














प्रतिक्रिया