रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९ मा अवस्थित एकता समाज युवा क्लबले धान दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा क्लबले वडाभरिका विभिन्न स्थानमा ४ सयभन्दा बढी बिरुवा रोपेपछि वातावरण संरक्षणमा योगदान पुर्याएको जनाएको छ। कार्यक्रममा सहभागी स्थानीय १०३ घरधुरीहरूले ‘एक घर दुई बिरुवा’ अभियानअनुसार बिरुवा रोपेका थिए। त्यस्तै, जन शिक्षा आधारभूत विद्यालय…