रुकुम पूर्वमा हुलाक सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुमपूर्व — रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित चाइनिज होटेलमा मंगलबार हुलाक सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला हुलाक कार्यालय रुकुमपूर्वको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा हुलाक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपाय, ग्रामीण भेगमा सेवा विस्तारका चुनौती र समाधान, तथा स्थानीय तहहरूसँगको समन्वयबारे गहिरो छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले…