रुकुमपूर्वका ४०.०३ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका २६ विद्यालयबाट कुल १,१८९ विद्यार्थी सहभागी भएका थिए।
नियमित श्रेणीमा ९२२ विद्यार्थीमध्ये ३२५ जना (३५.२५%) ले परीक्षा पास गरेका छन् भने ग्रेडवृद्धि तर्फ २६७ मध्ये १२१ जनाले सफलता हात पारेका छन्। यसरी कुल ४४६ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक गौतमका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा केही उत्साहजनक देखिएको छ। उनका अनुसार यसपालि उत्तीर्ण हुनेको संख्या १०–१२ प्रतिशतले वृद्धि भएको छ।
विद्यार्थीहरूको जीपीए विवरण यस प्रकार छ:-

तर, अझै पनि ७४३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्, जसमा नियमिततर्फ ५९७ र ग्रेडवृद्धितर्फ १४६ जना छन्।
यसैबीच, पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। ग्रेड नआएका वा अनुपस्थित रहेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।














प्रतिक्रिया