गायिका एलिना चौहान सामाजिक सञ्जालमा भइरहेका अश्लील टिप्पणी र चरित्रहत्या प्रयासको विरुद्धमा साइबर अपराधसम्बन्धी उजुरी दिंदै नेपाल प्रहरीको साइबर ब्यूरो पुगेकी छन्।
चौहानले चार जनाविरुद्ध उजुरी दिएकी हुन्। उनले साइबर ब्यूरो कार्यालयमै खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेकी छन्, “यो लडाइँ मेरो मात्रै होइन, चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन। सबैलाई साथ दिनुहोला।”
डिभोर्सपछिका व्यक्तिगत जीवनसम्बन्धी सामाजिक सञ्जाल पोस्टहरूमा लगातार अभद्र र आपत्तिजनक टिप्पणीहरू भइरहेका थिए। ती मध्ये केही टिप्पणीहरू उनले आफ्नै फेसबुकमा पोस्ट गर्दै उजागर गरेकी छन्।
उनको यो कदम साइबर हिंसाको सिकार बनेका अन्यलाई पनि आत्मविश्वास र कानुनी सहारा लिन प्रेरणा दिने विश्वास गरिएको छ।














प्रतिक्रिया