समाचार

पुथाउत्तरगंगामा यु.एम.एन.द्वारा कृषि र शिक्षा योजनाको अनुगमन



रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा यु.एम.एन. र गाउँपालिकाको संयुक्त टोलीले कृषि र शिक्षा योजनाको अनुगमन गरेको छ। शनिबार गरिएको अनुगमनमा किसानलाई दिइएको तरकारी र फलफूल खेतीसम्बन्धी अनुदान तथा विद्यालयहरूमा सञ्चालित किशोर-किशोरी कार्यक्रम, बाल क्लब र खानेपानी सुविधाको अवस्था अवलोकन गरिएको हो।

यु.एम.एन.का परियोजना संयोजक मुकुन्द पुनका अनुसार अनुदानको सदुपयोग भएको देखिएको छ। किसान व्यवसायिक खेतीतर्फ अग्रसर छन् भने विद्यालयहरूमा गुणस्तर शिक्षामा सुधार देखिएको छ।

गाउँपालिका उपाध्यक्ष नरपुरा बुदा पुनले यस्ता परियोजनाबाट शिक्षा र कृषि क्षेत्रमा सकारात्मक परिवर्तन आएको बताउनुभयो।

अनुगमन टोलीमा गाउँपालिका, यु.एम.एन. र विभिन्न शाखाका पदाधिकारी तथा प्राविधिकहरूको सहभागिता रहेको थियो।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,