home

पुथा उत्तरगङ्गा गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र कृषिमा जोड



रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पास भएकोछ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्व सम्मत पारित भएको हो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको २० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा समग्र पुथा उत्तरगङ्गा गाउँपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा जोड दिइएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनु भयो । अध्यक्ष घर्तीका अनुसार यो वर्षको नीति कार्यक्रमले गाउँपालिकाको भौतिक पूर्वाधार क्षेत्रसँगै शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिने गरि परिवर्तन हुनेछ ।

आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमले पुथा उत्तरगङ्गा गाउँपालिकाको समृद्ध बाटो तय गर्ने पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम

प्रकाशित : ९ असार २०८२, सोमबार, ,