रुकुमपूर्वमा एसईई नतिजा: ४० प्रतिशतले पाए सफलता, पूरक परीक्षा साउन २९ देखि

रुकुमपूर्वका ४०.०३ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका २६ विद्यालयबाट कुल १,१८९ विद्यार्थी सहभागी भएका थिए। नियमित श्रेणीमा ९२२ विद्यार्थीमध्ये ३२५ जना (३५.२५%) ले परीक्षा पास गरेका छन् भने ग्रेडवृद्धि तर्फ २६७ मध्ये १२१ जनाले सफलता हात पारेका…