समाज

मोटरसाइकल चोरी गर्ने युवक पक्राउ



रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ छिप्रीदहमा मोटरसाइकल चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति करिब २ बजे काजरजंग होटेल अगाडि पार्किङ गरिएको क.प्र.०३–००१ प.०५६९ नम्बरको कालो मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा दाङ घोराही उपमहानगरपालिका–१८ गिठेपानी घर भई हाल छिप्रीदहमा कोठा भाडामा बस्दै आएका २९ वर्षीय प्रेमबहादुर रोका मगरलाई सोही मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

रोका मगरलाई रुकुमकोट जिल्ला अदालतबाट थप ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार, ,