राजनिती

भाबाङमा महिला संघको वडा सम्मेलन, २३ सदस्यीय समिति गठन



रोल्पा — अखिल नेपाल महिला संघ (क्रान्तिकारी) माडी गाउँपालिका–५, भाबाङको वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले २३ सदस्यीय नयाँ समिति चयन गर्दै आगामी कार्यकालका प्राथमिकता सार्वजनिक गरेको हो।

समितिले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरमा व्यापक सचेतना अभियान, स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष पहल, सीप विकास तालिम, र सहकारीमार्फत आर्थिक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, युवा पुस्तामा राजनीतिक चेतना अभिवृद्धि गर्ने र महिला अधिकार–समानताको पक्षमा जनदबाब सिर्जना गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताइएको छ।

वक्ताहरूले जनयुद्धकालमा भाबाङका महिलाले प्रहरी दमनविरुद्ध देखाएको साहस र प्रतिरोधलाई ऐतिहासिक उदाहरणका रूपमा उल्लेख गर्दै, वर्तमान राजनीतिक स्थायित्व र विकास यात्रामा पनि त्यही जोश आवश्यक रहेको धारणा राखे। सम्मेलनमा “हिजोको विरासतलाई बिर्सिने छैन” भन्ने संकल्प दोहोर्याइएको थियो।

प्रकाशित : २९ श्रावण २०८२, बुधबार, ,