रुकुमपूर्व — रुकुमपूर्व सिस्ने गाउँपालिका–६ डाँडागाउँकी २८ वर्षीया जमुना वि.सी. सर्पदंशबाट घाइते भएकी छन्। आइतबार दिउँसो करिब १ बजे घर नजिकैको बाँझो बारीमा घाँस काट्ने क्रममा सर्पले उनको बायाँ हातको चोरी औँलामा टोकेको जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वले जनाएको छ।
घटनापछि स्थानीयवासीको सहयोगमा उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल, रुकुमपूर्व, लगिएको थियो। दिउँसो करिब २:३० बजे अस्पतालमा भर्ना गरिएकी वि.सी.को अवस्था हाल मध्यम रहेको चिकित्सकहरूले जानकारी दिएका छन्।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब १.५ किलोमिटर पश्चिमतर्फ पर्छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार राजेश भाटको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
सर्पको प्रजाति र सर्पदंशको सटीक कारण अझै पुष्टि हुन बाँकी रहेको जनाइएको छ।














प्रतिक्रिया