समाचार

पहिरोका कारण शहीद मार्ग सडकखण्ड अवरुद्ध



रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा र वडा नम्बर १२ कोलबीचको करिब ४ किलोमिटर दूरीमा पहिरो खसेपछि शहीद मार्ग सडकखण्ड अवरुद्ध भएको छ। आइतबार बिहानको जानकारी अनुसार उक्त दूरीका दुई स्थानमा पहिरो खसेपछि शहीद मार्ग सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पूर्वका प्रमुख वीरबहादुर थापाका अनुसार पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। शहीद मार्ग सडकखण्ड अवरुद्ध हुँदा स्थानीय यातायात तथा आवागमनमा समस्या उत्पन्न भएको छ।

सडक सुचारु गर्नका लागि पुथाउत्तरगंगा–१० का वडाध्यक्ष कुमार सिं र १२ का वडाध्यक्ष दिलमान पुनसँग समन्वय भइरहेको जिल्ला ट्राफिक कार्यालय, रुकुम पूर्वले जनाएको छ। सडक खुल्न कति समय लाग्छ भन्ने यकिन छैन। सडक सुचारु गर्न स्काभेटर परिचालन गरिएको छ।

प्रकाशित : १९ श्रावण २०८२, आइतबार, ,