समाचार

पुथामा क्याम्पस स्थापना गर्ने निर्णय



रूकुम पूर्व। पुथा उत्तरगङ्गा गाउँपालिकाकाे तकसेरामा बहुमुखी क्याम्पस स्थापना गर्ने विषयमा छलफल गरिएको छ । शनिबार महेन्द्र मावि तकसेरामा भएको छलफलले बहुमुखी क्याम्पस स्थापना गर्ने निर्णय गरिएको हाे ।

छलफलले क्याम्पसको नाम ‘पुथा उत्तरगङ्गा बहुमुखी क्याम्पस’ राख्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत वि.क.का अनुसार क्याम्पस स्थापना गर्न मैत्या घर्ती मगरको अध्यक्षतामा ‘क्याम्पस स्थापना सञ्चालन समिति’ गठन गरिएको छ भने क्याम्पसकाे लागि जग्गा, भौतिक संरचना निर्माण तथा अक्षयकोष स्थापना गर्न आवश्यक प्रक्रिया गाउँपालिका र क्याम्पस स्थापना सञ्चालन समितिले अघि बढाउने निर्णय पनि गरिएको छ ।

महेन्द्र मावि तकसेराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मैत्या घर्ती मगरको अध्यक्षता र पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरकाे प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.काे बिशेष आतिथ्यता, वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीवी तथा स्थानीयवासीको उपस्थितिमा भएको याे महत्त्वपूर्ण निर्णयले पुथा उत्तरगङ्गा गाउँपालिकामा उच्च शिक्षाको पहुँच बढाउने अपेक्षा गरिएको छ ।।

प्रकाशित : ४ आश्विन २०८२, शनिबार, ,