समाचार

प्रदेशसभा सदस्य सरिता पुनको निधनमा पुथा उत्तरगङ्गा गाउँपालिकाद्वारा सार्वजनिक बिदा



उत्तरगङ्गा गाउँपालिकाले लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज २०८२ साल भदौ १६ गते गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार गाउँपालिकाले जारी गरेको सूचनामा भदौ १४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा प्रदेशसभा सदस्य पुनको निधन भएको उल्लेख छ । यस दुःखद् समाचारप्रति गहिरो शोक व्यक्त गर्दै पुनको स्मृतिमा गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा सहकारी संस्था बन्द रहने जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले जारी गरेको सूचनामा स्व. पुनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार, ,