समाचार

पत्रकार महासंघ रुकुम पश्चिमको ताला पाँच महिनापछि खुल्यो



रुकुम पश्चिम । पाँच महिनादेखि बन्द रहेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम जिल्ला शाखाको सम्पर्क कार्यालय बिहीबारबाट पुनः खुला भएको छ ।

चैत ५ गते विभिन्न मागसहित प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले लगाएको ताला महासंघ र आन्दोलनरत संगठनबीच सहमति भएपछि खुलेको हो ।

महासंघका सचिव दिपेन्द्र महतराका अनुसार साधारण सदस्य सिफारिस, आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन वितरण र मनोनीत सदस्यसम्बन्धी मुद्दामा सहमति बनेको छ। महासंघले आगामी दिनमा आवश्यक सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेपछि तालाबन्दी हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जिल्लाको सञ्चार विकास, पत्रकार आचारसंहिताको पालना र आपसी सहकार्यका लागि सबै पक्षलाई एकजुट हुन समेत अपिल गरिएको छ ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार, ,