राजनिती

ठगिएको पैसा फिर्ता पाउनुपर्छ : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहकारी समाजवादको आधारशिला भएको व्याख्या गरेका हुन् ।

उनले देशमा धेरै सहकारी भएको भन्दै सहकारीलाई नियमन गरी केहिमात्रामा मात्र सहकारी राख्नुपर्नेमा जोड दिएका छन् । उनले न्याय दाषीले भन्दापनि पिडितले पाउनुपर्ने धारणा ब्यक्त गरे । सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा फिर्ता पाउने स्थिति निर्माण गर्न जरुरी रहेको उनले बताए।

हाल नेपालमा ३४ हजार बढी सहकारी रहेका छन्।

प्रकाशित : ७ भाद्र २०८२, शनिबार, ,