रूकुमपूर्व । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुमपूर्वको कार्यालय स्थापना गरिएको छ । रुकुमपूर्वको सदरमुकामस्थित रेडियो पूर्वीरुकुमको कार्यालयको ठीक पछाडि उक्त प्रतिष्ठानको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो ।
स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले संस्थाले आफ्ना कार्यक्रम मात्र प्राथमिकता नदिई उत्पादनतर्फ पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो । आगामी योजना बनाउनुपर्ने र संस्थाको नाम जोड्न पत्रकारहरूलाई समेत कार्यसमितिमा समेट्नुपर्ने सुझाव पनि दिनुभयो ।
कार्यक्रम समापन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुमपूर्वकी अध्यक्ष पूर्णिमा सेनठकुरीले आगामी कार्ययोजना र नयाँ उत्पादनमा संस्थाको नाराले नै मार्गदर्शन गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा काम गर्ने क्रममा सबै पक्षबाट साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुमपूर्वकी अध्यक्ष पूर्णिमा सेनठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, सिस्ने गाउँपालिकाका संस्थापक उपाध्यक्ष गोवर्धन बुढा, पत्रकारहरू, संस्थाका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष धर्मकुमार बुढाले गर्नुभएको थियो ।














प्रतिक्रिया