रुकुम पूर्व — जिल्लामा बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेड वृद्धि) परीक्षामा २५७ जना विद्यार्थी सहभागी भएका छन्। अंग्रेजी विषयमा २६७ जनाले फाराम भरेका थिए, तर १० जना परीक्षामा अनुपस्थित रहेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका अनुसार, यस वर्षको पुरक परीक्षा रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट, त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदह र कोट माध्यमिक विद्यालय रुमालबारा गरी तीनवटा परीक्षा केन्द्रबाट सञ्चालन भइरहेको छ।
बिहीबारको परीक्षामा रुक्मिणी माविबाट छात्रा ३४ र छात्र ३४ गरी ६८ जना, त्रिभुवन जनता माविबाट छात्रा ५० र छात्र ४५ गरी ९५ जना तथा कोट माविबाट छात्रा ५० र छात्र ४४ गरी ९४ जना सहभागी भएका छन्।
इकाई प्रमुख तिलक गौतमका अनुसार, अनुपस्थित हुनेहरूमा रुक्मिणी मावि केन्द्रमा ५ जना (छात्रा १, छात्र ४), त्रिभुवन जनता माविमा ३ जना (छात्रा २, छात्र १) र कोट माविमा २ जना (छात्र) रहेका छन्।
उनकाे भनाइमा, बिहीबारको परीक्षा सबै केन्द्रमा शान्त र व्यवस्थित तरिकाले सम्पन्न भएको हो।















प्रतिक्रिया