समाचार

कृषि आधुनिकीकरण कार्यालयको नयाँ नामाकरण



रुकुम पूर्व — नेपाल सरकारको निर्णयअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइको नाम परिवर्तन गरिएको छ। गत साउन ७ गतेको पत्रानुसार उक्त कार्यालयको नाम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ राखिएको हो।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प.स. ०८२/०८३, चलानी नं. १२ को आधारमा अब उक्त कार्यालयको नाम “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ” हुनेछ।

परियोजना कार्यान्वयन एकाइ कार्यालय, रुकुम पूर्वका अनुसार मन्त्रालयको निर्देशनअनुसार साविक नामलाई संशोधन गरी नयाँ नाम लागू गरिएको छ। यसबारे सबै सम्बन्धित निकायलाई जानकारी गराइएको छ।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार, ,